अध्यक्षको साप्ताहिक सन्देश- २ जुन २०२२

Khusiman Gurung • June 6, 2022

आदरणीय शेयरधनीहरु तथा सम्भावित शेयरधनीहरुमा मेरो हार्दिक अभिबादन,

सर्बप्रथम हामीले दुई हाप्त पहिला औपचारिक रुपमा प्रारम्भ गरेको ऐतिहासिक परियोजना "नेपाली भिलेजयुके" हाम्रो योजना बमोजिम अगाडि तिब्र रुपमा बढी रहेको जानकारी गराउन पाउदा ज्यादै खुशी लागि रहेकोछ | 



यसको लागि मेरो सहकर्मी निर्देशक हरुले निस्वार्थ भवानाले आ आफ्नो जिम्बवारी हरु निभई रहेका  र हाम्रासेयरधनी हरुले हाम्रो आह्वान लाई मुल्यांकन गरि छिटो छिटो शेयर भुक्तानी गरि हाल £३००,००० भन्दा बढीहाम्रो बैंक खातामा जम्मा हुन सफल भएको छ   


दुई हाप्तमै यति धेरै रकम जम्म हुनु भनेको यस परियोजनाको उदेश्य र महत्व लाई बुझी यस प्रतिको विश्वास रसकारात्मक शोच लिनु भएको कारण ले नै हो भन्ने स्पस्ट हुन्छ | साथै 

सम्पूर्ण शेयरधनी हरुले आ आफ्नो छेत्र बाट अन्य महानुभाब हरु लाई पनि यस परियोजना मा जोडी सक्दोसहयोग पुरयाई रहनु भएको छ | त्यसका लागि म आभार प्रकट गर्दछु |


हाल हामीले हाम्रो लागि  उचित जग्गाको खोजि गर्ने कार्य पनि तिब्र रुपमा बढाई रहेका छौ   र हामीलाई एउटाअति उचित जमिन पनि प्राप्त भएको छ जसलाई हामीले आगामी शनिबार अबलोकन गर्ने छौ र यदि उक्त जमिनउचित हुने निर्णय भएमा खरिद गर्न लागि प्रकृय अगाढी बढाउने छौ   


तसर्थ सबै सेयरधनीहरूलाई यो विनम्र अनुरोध गरिन्छ कि तपाईंसंग विचार मिल्ने  साथीहरू र सहकर्मीहरूलाईफोन गरि यस परियोजनाको बारेमा जानकारी दिनुहोला   हामी यस परियोजनामा धेरै नेपालीहरु समावेशी होस्भन्ने चाहन्छौ 


यदि आबस्यकता परेमा हामीले भबिस्यमा भर्च्युल जुम मार्फत वा भौतिक रुपमा बिभिन्न स्थान हरुमा यसपरियोजना को बारे जानकारी दिने प्रबन्ध मिलाउने छौ |


अब यो परियोजना, हाम्रो परियोजना हो | सबैले यथासक्य सहयोग गर्नु पर्ने दायित्व आएको छ |


यो सप्ताहान्त अति सफल र रमाइलो होस् |


धन्यवाद।


Khusiman 

Maj(Retd) K Gurung MVO

Chair/ Managing Director

NVUK 


By Khusi Gurung March 13, 2024
Nepali Village Wales UK is holding the 2nd Annual General Meeting and Anniversary with its shareholders and invited guests on Saturday 18 May 2024
June 30, 2023
An historical moment - we all should be very proud of the first anniversary of Nepali Village UK - which was held in our own premises on Sunday 21st May, 2023.
By Khusiman Gurung August 24, 2022
The first physical Nepali Village UK briefing day was held in Aldershot on Sunday 21 August 2022.
By Khusiman Gurung June 6, 2022
My heartfelt greetings to my fellow esteemed directors,  shareholders and potential shareholders
By Khusiman Gurung June 6, 2022
Dear shareholders and prospective shareholders
More Posts